२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बरुण हाइड्रोपावरले बाँकी हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने

images

  • २०८२ भदौ १८, बुधबार
  • 796
    SHARES
  • बरुण हाइड्रोपावरले बाँकी हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने

    काठमाडौँ : बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हालै जारी गरेको हकप्रद सेयरमध्ये बिक्री नभएका सेयरहरू लिलामीमार्फत लगानीकर्तालाई उपलब्ध गराउने तयारी गरेको छ।

    कम्पनीले असार ३१ गतेदेखि भदौ ३ गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ १७ गतेका दिन बाँडफाँड गरिएको तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्गले जनाएको छ । 

    कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यमा ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर जारी गरेको थियो। यसमा करिब २८ हजार लगानीकर्ताले आवेदन दिएपछि ५१ लाख १९ हजार ७ सय ७ कित्ता सेयर वितरण भएको कम्पनीले जनाएको छ।

    साथै,आफ्नो कायम हक भन्दा बढी सेयर माग आवेदन दिएका आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर वापतको रकम भदौ १८ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरूको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ । तर बाँकी रहेका करिब २ लाख ३८ हजार ४ सय ४३ कित्ता सेयर बिक्री नभएकाले अब ती सेयर लिलामी प्रक्रियाबाट बिक्री गरिनेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ