२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्सेमा १२ अंकको वृद्धि, बैंकिङमा उछाल; कारोबार रकम भने खुम्चियो

images

  • २०८२ भदौ १६, सोमबार
  • 541
    SHARES
  • नेप्सेमा १२ अंकको वृद्धि, बैंकिङमा उछाल; कारोबार रकम भने खुम्चियो

    काठमाडौँ : यस अघिका दुई कारोबार दिनमा गिरावट देखिए पनि आज सोमबार भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०३ अंकले बढेर २७६२.७४ विन्दुमा पुगेको छ। 

    आज सेन्सेटिभ इण्डेक्स ३.७४ अंक, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्समा पनि क्रमशः १.१८ र १.४८ अंकको वृद्धि भएको छ। आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेका छन् तथा २ उपसमूहको परिसूचक घटेका छन्।

    यस्तै, आज  बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशतले बढेको छ भने व्यापार उपसमूहको परिसूचकमा १.१५ प्रतिशतको घटेका छ। साथै, आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् भने  सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । 

    नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। हिजो आइतबार ६ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३२६ कम्पनीको ६८ हजार ७ सय ७५ पटकको कारोबारमा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रुपैयाँबराबरको १ करोड १४ लाख ४० हजार कित्ता शेयर कारोबार भएको छ।

    यस्तै, आज कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनीले शीर्ष स्थानमा २८ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने  एभरेष्ट बैंकले करिब २४ करोड ५० लाख रुपैयाँ तथा हिमालयन डिष्टिलरीको करिब २२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ