२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

होण्डाको निःशुल्क सर्भिस क्याम्पमा आकर्षक छुट, एयरब्याग पनि निःशुल्क फेरिँदै

images

  • २०८२ जेठ २९, बिहीबार
  • 661
    SHARES
  • होण्डाको निःशुल्क सर्भिस क्याम्पमा आकर्षक छुट, एयरब्याग पनि निःशुल्क फेरिँदै

    काठमाडौँ : नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गरेको छ ।

    काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै जेष्ठ २७ देखि क्याम्प सुरु भएको हो । क्याम्प २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुनेछ । उक्त क्याम्पमार्फत् सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने उद्देश्य रहेको कम्पनीको भनाई छ ।

    क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ ।

    साथै, ग्राहकले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १०५, पाट्र्समा ७५, ल्युब्रिकेन्टमा ५५, एसि रिफिलमा २०५ र डेन्ट–पेन्ट सेवामा १०५ छुट प्रदान गरिनेछ । यसैगरी ज्म् क्अबल सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ ।

    कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत् उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ