२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दोर्दी खोला जलविद्युतको हकप्रद शेयर पुनः आवेदन खुला

images

  • २०८२ वैशाख १२, शुक्रबार
  • 1.1K
    SHARES
  • दोर्दी खोला जलविद्युतको हकप्रद शेयर पुनः आवेदन खुला

    काठमाडौँ : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर पुनः बिक्रीका लागि आवेदन खुला गरेको छ। कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन छुट भएका शेयरधनीहरूलाई अन्तिम अवसरस्वरूप पुनः आवेदन दिने व्यवस्था गरेको हो।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटलसँगै सानिमा बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन्।

    त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका तोकिएका शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्माण गरिएको 'मेरो शेयर' सफ्टवेयरमार्फत सि–आस्वा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।

    कम्पनीले हालको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १ बराबर १ अनुपातमा, प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा आवेदन दिन छुट भएका र फागुन १५ गतेभन्दा अगाडि शेयरधनी कायम भएका व्यक्तिहरूका लागि यो अवसर दिइएको हो। हकप्रद शेयरमा आजदेखि वैशाख १४ गतेसम्म आवेदन दिन सकिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ