२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको बिक्री सुरु

images

  • २०८१ चैत २१, बिहीबार
  • 971
    SHARES
  • महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको बिक्री सुरु

    काठमाडौँ : फोटोन मोटरले महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको आधिकारिक बिक्री सुरु गरेको छ । यो गाडीलाई शक्तिशाली, टिकाउ र दिगोपनको संयोजन प्रदान गरेर नेपालको पिकअप ट्रक बजारमा ठूलो परिवर्तन ल्याउने तयारी गरिएको कम्पनीको दाबी छ ।


    यो गाडी व्यवसाय, फ्लिट अपरेटर र भविष्यमुखि मोबिलिटी सोलुसन्स खोज्ने प्रयोगकर्ताहरूका लागि भरपर्दो र किफायती विकल्प बन्ने अपेक्षा कम्पनीले गरेको छ । नेपालले विद्युतीय सवारीसाधनहरू अपनाउन विशेष प्राथमिकता दिइरहेको बेला फोटोन माउन्टेन ईभीको सुरुवात हुनु कार्बन उत्सर्जन र इन्धन निर्भरता घटाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ ।

    सुरक्षा, दक्षता र कार्यसम्पादनको उच्चतम विश्वव्यापी मापदण्डहरू पालना गर्ने अत्याधुनिक ईभीहरू लन्च गरेर स्वच्छ ऊर्जा समाधानहरूको प्रयोगमा नेपाललाई सघाउन फोटोन प्रतिबद्ध रहेको बताइएको छ ।

    लन्च कार्यक्रममा फोटोन मोटरका सीईओ तुषार गुप्ताले भने, ‘नेपालको भौगोलिक चुनौतीहरूको सामना गर्न विशेष रूपमा डिजाइन गरिएको यो मोडेलले कुशल, टिकाउ र पर्यावरणमैत्री यातायात समाधान प्रदान गरेर पिकअप सेगमेन्टमा नयाँ रिभोलुसन स्थापित गर्नेमा हामी विश्वस्त छौँ ।’ नेपालका लागि फोटोन ब्रान्डका गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि प्रालि हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ