२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

डिजेल र मट्टितेल मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो, पेट्रोल र एलपि ग्यासको मूल्य भने यथावत्

images

  • २०८१ चैत १९, मंगलबार
  • 1.0K
    SHARES
  • डिजेल र मट्टितेल मूल्य प्रतिलिटर २ रुपैयाँले घट्यो, पेट्रोल र एलपि ग्यासको मूल्य भने यथावत्

    काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्यमा कटौती गर्दै मंगलबारदेखि नयाँ मूल्य लागू गर्ने भएको छ। भारतबाट आयात हुने इन्धनको लागत घटेसँगै निगमले प्रतिलिटर २ रुपैयाँले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो।

    यससँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको नयाँ मूल्य प्रतिलिटर १ सय ४९ रुपैयाँ कायम भएको छ जुन यसअघि १ सय ५१ रुपैयाँ रहेको थियो।  साथै, पेट्रोल र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ। 

    निगमले हवाई इन्धनको मूल्यमा पनि समायोजन गरेको छ। आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ