कात्तिक २०, काठमाडौं : गत साताको मंगलबारदेखि ओरालो लागिरहेको नेप्सेले आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो। पछिल्ला ४ कारोबार दिनमा ५२.४४ अंकले घटेको नेप्से आज २१.३० अंक बढेर बन्द भएको छ।
साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २१.३० अंकले वृद्धि हुँदा १८४७.५४ को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स ३.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ अंक बढेको छ।
१३ उपसमूहमध्ये आज १३ उपसमूहको परिसूचक बढेको छ। नेप्से बढेपनि आज कारोबार रकम भने हिजो आइतबारको तुलनामा केही घटेको छ। हिजो आइतबार ९७ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २८३ स्टकको ४७ हजार २२१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार कित्ता शेयर कारोबार भएको छ।
आज १९९ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य स्थिर रहेको छ। जसमध्ये, आज होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको हो। त्यस्तै, हाथवे इन्भेष्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको शेयर सर्वाधिक १० प्रतिशत बढेको छ भने आशा लघुवित्त र वीन नेपाल लघुवित्तको शेयर सर्वाधिक ४ प्रतिशत बढीले घटेको छ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा, ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, हाथवे इन्भेष्टेमन्ट र हिमालयन बैंकको संस्थापक शेयर साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।



