२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आजदेखि बालकृष्ण खाँणको बयान

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 951
    SHARES
  • आजदेखि बालकृष्ण खाँणको बयान

    काठमाडौै : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आजदेखि बयान हुने भएको छ ।

    यसअघि सरकारी वकिल र प्रहरीले उहाँको निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ । योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन् ।

    आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो । जिल्ला अदालत काठमाडौँले यो मुद्दा अनुसन्धानका लागि खाँणविरुद्ध थप चार दिन समय दिएको छ ।

    यसैबीच सोही प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १३ पुगेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ