२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल लाइफको 'छुट्ला है छुट' योजना सार्वजनिक, विलम्ब शुल्कमा ५० प्रतिशत छुट

images

  • २०८१ फागुन १८, आइतबार
  • 1.1K
    SHARES
  • नेपाल लाइफको 'छुट्ला है छुट' योजना सार्वजनिक, विलम्ब शुल्कमा ५० प्रतिशत छुट

    काठमाडौँ : नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले  ‘छुट्ला है छुट’  योजना सार्वजनिक गरेको छ ।

    यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरी १८० दिन भन्दा माथि व्यतीत भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/०२/१३ गते सम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताउनुभयो ।

    उहाँले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतीत भएका बीमालेखहरु समयमा नै नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गर्नु भएको छ ।

    साथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गर्नु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ