काठमाडौँ : आज फागुन १६ गते शुक्रबार काठमाडौंका केही स्थानमा ५ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्न लागेकाले विद्युत् आपूर्ति रोकिने सूचना जारी गरेको छ।
प्राधिकरणका अनुसार लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ जसमा बिहान १० देखि दिउँसो ३ बजेसम्म लोडसेडिङ हुनेछ ।
निर्धारित समयअगावै काम सकिए विद्युत सेवा अगाडि नै सुरू हुने प्राधिकरणले जनाएको छ।



