२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कामना बैंकको मुद्धती खाता मोबाइल बैंकिङ एपबाटै खोल्न सकिने

images

  • २०८१ फागुन १५, बिहीबार
  • 716
    SHARES
  • कामना बैंकको मुद्धती खाता मोबाइल बैंकिङ एपबाटै खोल्न सकिने

    काठमाडौँ : कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अब बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने सेवा सुरु गरेको छ ।

    ग्राहकहरूले बैंकमा भौतिक रूपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइलएप, केएसआई मोबाइल बैंकिङमार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्ने बैंकले जानकारी गराएको छ ।


    ग्राहकहरूले अब बैंकमा जानुपर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । केएसआई मोबाइल बैंकिङमा लगइन गरी ’फिक्स्ड डिपोजिट’ छनोट गरी आफूले चाहेको निक्षेप रकम भरेर सजिलै यो सेवा लिन सकिनेछ ।


    बैंकले प्रविधिको विकासलाई आत्मसात् गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ