२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ओम मेगाश्री फर्मास्युटिकल्सको आजदेखि विदेशमा रहेका नेपालीका लागि आइपीओ खुला

images

  • २०८१ माघ २१, सोमबार
  • 796
    SHARES
  • ओम मेगाश्री फर्मास्युटिकल्सको आजदेखि विदेशमा रहेका नेपालीका लागि आइपीओ खुला

    काठमाडौँ : ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरू गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ जारी पूँजीमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर बिक्री गर्न अनुमति पाएको छ ।

    यसमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर आरक्षित गरिएको छ । कम्पनीले आवश्यक सरकारी स्वीकृति लिएर मात्र यो सेयर निष्कासनको प्रक्रिया अघि बढाएको हो ।

    कम्पनीले कुल सेयरमध्ये ५ प्रतिशत (९० हजार कित्ता) सामूहिक लगानी कोषका लागि, ३ प्रतिशत (५४ हजार कित्ता) आफ्ना कर्मचारीका लागि छुट्याएको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ ।

    लगानीकर्ताले कम्तीमा १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रवन्धकको जिम्मेवारी सम्हालेको छ । इच्छुक लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट आवेदन दिन सक्छन् । साथै, सीडीएससीको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत् अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध छ ।

    केयर रेटिङ नेपालले ओम मेगाश्री फर्मास्यूटिकल्सलाई ‘ऋब्च्भ्ल्ए डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय स्थायित्व मध्यम स्तरको रहेको संकेत गर्छ ।

    कम्पनीको कुल परियोजना लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ । हालसम्म ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ खर्च भइसकेको छ भने बाँकी २९ करोड ९ लाख ६३ हजार रुपैयाँ खर्च गर्न बाँकी छ । साधारण लगानी फिर्ता अवधि ७.१५ वर्ष तथा डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि ९.७५ वर्ष रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ