२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

images

  • २०८१ माघ ९, बुधबार
  • 781
    SHARES
  • कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

    काठमाडौँ : कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रा.लि.बीच सम्झौता भएको छ ।

    कुमारी बैंकका ग्राहकलाई काठमाडौंको नक्सालस्थित वात्सलय नेचुरल आईभीएफको देशभर रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।


    यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रूपैयाँको छुट मिल्ने बताइएको छ । साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

    वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

    कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ