२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रमिला रोकायालाई आइएमईद्वारा १ करोडको चेक हस्तान्तरण

images

  • २०८१ पुस १४, आइतबार
  • 1.8K
    SHARES
  • प्रमिला रोकायालाई आइएमईद्वारा १ करोडको चेक हस्तान्तरण

    काठमाडौं : वैदेशिक रोजगारीमा कमाएको रकम आइएमई रेमिटमार्फत नेपाल पठाएकी प्रमिला रोकायालाई आइएमई ग्रुपले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

    जापानको क्योदाइबाट रकम पठाएकी कैलाली, गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायालाई शनिबार उनकै निवासमा पुगेर आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरे।

    चेक हस्तान्तरण गर्दै ढकालले आइएमईले विदेशमा रहेका नेपालीहरूको श्रम र विश्वासलाई सुरक्षित र भरपर्दो माध्यमबाट नेपाल पठाउन सफल भएकोमा खुसी व्यक्त गरे। उनले आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सपना पूरा गर्ने माध्यम बन्न सफल भएको पनि बताए।

    चेक प्राप्त गरेपछि रोकायाले १ करोड रुपैयाँले आफ्ना बाबुआमाका लागि नयाँ घर बनाउने सपना रहेको बताइन्।

    गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्रमार्फत रोकायाको नम्बर छनोट गरेपछि उनी ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाकी भाग्यशाली विजेता बनेकी थिइन्।

    यो योजना अन्तर्गत, आइएमईले वैदेशिक रोजगारीबाट कमाएको रकम औपचारिक माध्यमबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो। योजनाअनुसार, एक भाग्यशाली सेवाग्राहीलाई १ करोड रुपैयाँ नगद र प्रत्येक महिना एक जनालाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो।

    आइएमई रेमिटमार्फत आइएमई पे वालेट, बैङ्क खाता वा काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी भएका थिए।

    यो योजनाले रेमिटेन्स प्रणालीलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीहरूको विश्वासलाई थप मजबुत बनाएको देखिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ