२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मौसम अपडेट: हल्का वर्षा र हिमपातको सम्भावना

images

  • २०८१ पुस १४, आइतबार
  • 1.3K
    SHARES
  • मौसम अपडेट: हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी क्षेत्रमा मौसम सामान्य रहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि हिमपात हुने संभावना छ।

    आज राति देशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पुनः हल्का हिमपातको सम्भावना छ।

    आगामी २४ घण्टाको पूर्वानुमानअनुसार कर्णाली, गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हिमपात हुनेछ। त्यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि आंशिक हिमपात हुनसक्छ।

    विभागले देशका पहाडी भू–भागमा हुने हल्का वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने बताउँदै सतर्क रहन आग्रह गरेको छ।

    साथै, सोमबार बिहान तराईका क्षेत्र, काठमाडौं उपत्यका र खोच क्षेत्रमा हुस्सु लाग्न सक्ने जनाइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ