२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शक्तिशाली इन्जिन र आधुनिक फिचरका साथ रोयल इन्फिल्डले ३ नयाँ बाइक लन्च गर्ने तयारी

images

  • २०८१ पुस १३, शनिबार
  • 1.9K
    SHARES
  • शक्तिशाली इन्जिन र आधुनिक फिचरका साथ रोयल इन्फिल्डले ३ नयाँ बाइक लन्च गर्ने तयारी

    काठमाडौँ : रोयल इन्फिल्डका बाइकहरूले आफ्नो उत्कृष्ट डिजाइन, इन्जिन प्रदर्शन र बेमिसाल साउन्डका कारण विशेष लोकप्रियता हासिल गरेका छन्। क्लासिक ३५० देखि बुलेटसम्मका मोडलहरूले आफ्नो छुट्टै फ्यान बेस निर्माण गरेका छन्।

    यही लोकप्रियतालाई ध्यानमा राख्दै रोयल इन्फिल्डले तीन नयाँ मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ। यी नयाँ मोडलहरूले परम्परागत शैलीलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै बाइक प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

    रोयल इन्फिल्ड क्लासिक ६५०
    कम्पनीको सबैभन्दा सफल बाइकमध्ये एक, क्लासिक ३५० को सफलता पछि रोयल इन्फिल्डले अब क्लासिक ६५० बजारमा ल्याउने तयारी गरिरहेको छ। शक्तिशाली ६ सय ४८ सीसीको समानान्तर ट्विन इन्जिनले सज्जित यो बाइकले ४७.४ बीएचपी पावर र ५२.४ एनएम टर्क उत्पादन गर्नेछ।

    आधुनिक डिजाइन र परम्परागत क्लासिक लुक्ससहित आउने यो बाइक २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ।

    रोयल इन्फिल्ड बुलेट ६५०
    रोयल इन्फिल्ड बुलेट सिरिजको ठुलो र अपग्रेडेड संस्करण बुलेट ६५० पनि छिट्टै सार्वजनिक हुने तयारीमा छ। यो मोडलमा ६ सय ४८ सीसीको ट्विन-सिलिन्डर इन्जिनसहित आधुनिक फिचरहरू उपलब्ध गराइनेछ।

    आइकोनिक डिजाइनलाई कायम राख्दै थप सशक्त र सुविधासम्पन्न बनाउन यो बाइक परीक्षणको क्रममा रहेको बताइएको छ।

    रोयल इन्फिल्ड हिमालयन ६५०
    एड्भेन्चर बाइकप्रेमीहरूको लागि विशेष रूपमा तयार पारिएको हिमालयन ६५० रोयल इन्फिल्डको हिमालयन सिरिजको परिष्कृत संस्करण हुनेछ। यो बाइक इन्टरसेप्टर ६५० को ट्रेलिस फ्रेममा आधारित हुनेछ र एड्भेन्चर टुरिङका लागि अत्याधुनिक सुविधाहरूले सुसज्जित हुनेछ।

    शक्तिशाली इन्जिन, राम्रो ग्राउन्ड क्लियरेन्स र लामो यात्राको लागि उपयुक्त डिजाइनका साथ यो बाइक पनि २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ।

    रोयल इन्फिल्डका यी तीन नयाँ बाइकहरूलाई शक्ति, डिजाइन र सुविधा तीनवटै पक्षमा उत्कृष्ट बनाउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ