२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.9K
    SHARES
  • सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक अर्थ समितिबाट पारित

    काठमाडौं : प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ। बैठकको अध्यक्षता गर्दै सभापति सन्तोष चालिसेले विधेयक पारित भएको घोषणा गरे।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्झौतारत पक्षहरूबीच देखिएको सामान्य त्रुटिलाई हटाएर नियमावलीमै स्पष्ट पार्न सकिने जानकारी दिए।

    बैठकमा समितिका सदस्य उपेन्द्र यादवले "सामान्य त्रुटि" भन्ने शब्द प्रयोग नगरी सीधा धितोसम्बन्धी विषयलाई स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव दिए। पूर्वअर्थमन्त्री तथा समितिका सदस्य डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय कानुनमा सामान्य त्रुटिको परिभाषा स्पष्ट गरिएको उल्लेख गर्दै त्यसैअनुसार समाधान खोज्नुपर्ने धारणा राखे।

    समिति सदस्य डा. स्वर्णिम वाग्लेले विधेयकमा सामान्य त्रुटिको परिभाषा अन्तर्राष्ट्रिय कानुनअनुसार समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिए। अर्का सदस्य ज्ञानबहादुर शाहीले "सामान्य त्रुटि" भन्नाले के हो भन्ने स्पष्ट रूपमा उल्लेख हुनुपर्ने सुझाव दिए।

    यसैगरी, समितिका सदस्यहरू छिरिङडम्गुल लामा, जुलीकुमारी महतो, गङ्गा कार्की र नारायणप्रसाद आचार्यलगायतले विधेयकमा रहेका सामान्य त्रुटिलाई सुधार गरेर मात्रै पारित गर्नुपर्ने सुझाव दिएका थिए।

    बैठकले विभिन्न सुझावहरूलाई समेट्दै विधेयकलाई अन्तिम रूप दिएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ