२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो, बिन्दा र उषाकिरणलाई ६ महिनाको निलम्बन

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.3K
    SHARES
  • एमालेले भीम रावललाई संगठित सदस्यबाट हटायो, बिन्दा र उषाकिरणलाई ६ महिनाको निलम्बन

    काठमाडौं : नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले रावललाई निरन्तर पार्टीलाई कमजोर बनाउने गतिविधि र अभिव्यक्तिका कारण पार्टीबाट हटाउने निर्णय गरेको हो।

    पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएअनुसार, महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवार बनेका रावलले उपाध्यक्ष पदका लागि गरिएको आग्रह अस्वीकार गर्दै केन्द्रीय सदस्यमा समेत सहभागी नभएको र सल्लाहकारको जिम्मेवारी पनि पूरा नगरेको बताए। ज्ञवालीले भने, “उहाँको अभिव्यक्ति र क्रियाकलाप पार्टीलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने देखिएकाले यस्तो निर्णय गरिएको हो।”

    पछिल्लो समय रावलले पार्टीको केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयको खुलेर विरोध गरेका थिए। यसै सन्दर्भमा गत ४ कात्तिकमा पार्टीले भीम रावलसहित स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई स्पष्टीकरण सोधेको थियो।

    पाण्डे र तिमल्सेनाले स्पष्टीकरण दिए पनि रावलले कुनै जवाफ दिएका थिएनन्। यस कारण सचिवालयले रावललाई संगठित सदस्यबाट हटाउने र पाण्डे तथा तिमल्सेनालाई ६ महिनासम्म जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो।

    ज्ञवालीले थपे, “पाण्डे र तिमल्सेनाले स्पष्टीकरण दिए पनि पार्टीको विधि बाहिर गएर सार्वजनिक रूपमा बोल्नु अनुचित भएको महसुस गराएको देखिएन। त्यसैले उहाँहरूलाई पार्टी निर्देशनमा चल्न थप निर्देशन दिँदै जिम्मेवारीबाट अस्थायी रूपमा मुक्त गरिएको हो।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ