२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

images

  • २०८१ पुस ९, मंगलबार
  • 2.0K
    SHARES
  • सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गरेको छ। कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरी कात्तिक २० गतेसम्म कायम रहेका शेयरधनीलाई लाभांश प्रदान गरेको हो।

    लाभांश पुस ६ गतेदेखि सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ। हालसम्म शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई कम्पनीले तत्काल शेयर अभौतिकीकरण तथा खाता अद्यावधिक गर्न आग्रह गरेको छ।

    त्यस्तै धितोबन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा कर्जा चुक्ता गरी फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामा पठाइने कम्पनीले जानकारी दिएको छ।

    कम्पनीले सबै शेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न समयमै कदम चाल्न अनुरोध गरेको छ, ताकि लाभांश प्राप्तिमा कुनै समस्या नआओस्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ