२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसोको प्रभाव देशभर फैलिँदै

images

  • २०८१ पुस ९, मंगलबार
  • 1.4K
    SHARES
  • सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसोको प्रभाव देशभर फैलिँदै

    काठमाडौं : पश्चिम नेपालबाट सुरु भएको मौसमको बदली क्रमशः देशभर फैलिँदै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार साँझ सुदूरपश्चिम प्रदेशमा मौसम बदली सुरु भई विस्तारै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको छ।

    मौसमविद् रोजन लामिछानेका अनुसार यो प्रणाली पूर्वतिर सर्दै जाँदा केही कमजोर भए पनि असर पर्ने सम्भावना छ। उनका अनुसार राति र बिहान उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ भने अन्य केही क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

    पश्चिमी वायुको प्रभाव
    महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम बदली भएको जनाएको छ। हाल सुदूरपश्चिम प्रदेशमा सामान्य बदली, कर्णाली र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

    आगामी २४ घण्टामा बागमती र मधेश प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    चिसो बढ्न थाल्यो
    मौसम बदलीसँगै नेपालमा पुनः चिसो बढ्न थालेको छ। मङ्सिरको अन्तिम साता अत्यधिक बढेको चिसो केही समय घटेपनि सोमबारदेखि पुनः बढ्न थालेको मौसमविद्ले जनाएका छन्।

    महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम हाल ४.३ डिग्री सेल्सियस छ, जुन पुस ४ गतेको ४.८ डिग्री सेल्सियसको तुलनामा केही घटेको हो। जुम्लामा तापक्रम माइनस ७.८ डिग्री सेल्सियससम्म पुगेको छ, जुन पुस ४ गते माइनस ७.२ डिग्री थियो।

    अन्य स्थानमा पनि न्यूनतम तापक्रम घट्दै गइरहेको छ। यसका कारण जनजीवनमा चिसोको असर बढ्न थालेको छ भने सावधानी अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ