२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध हुने

images

  • २०८१ पुस ८, सोमबार
  • 1.2K
    SHARES
  • सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध हुने

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने घोषणा गरेका छन्।

    भेरी अस्पताल, नेपालगञ्जमा अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले बिरामीहरूको लागि सातवटै प्रदेशका अस्पतालमा छुट्टै वार्ड स्थापना गरिने बताएका छन्।

    उनले भारत सरकारसँग सिकलसेलको औषधि उपलब्ध गराउन पत्राचार भएको र औषधि प्राप्तिपछि ती अस्पतालहरूमा आवश्यक मात्रामा वितरण गरिने जानकारी दिए। उनले सिकलसेल र थालेसेमियाका बिरामीहरूको उपचारमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै रोग रोकथाम र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।

    सोही अवसरमा बर्दियाका बिरामी दीपक थारूले औषधिलाई स्वास्थ्य बीमाभित्र समावेश गर्नुपर्ने माग राखे। भेरी अस्पतालका पदाधिकारीहरूले अस्पतालमा जनशक्ति र बीमाको रकम उपलब्ध गराउन मन्त्रीलाई ध्यानाकर्षण गराए।

    पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामी धेरै भएकाले यस क्षेत्रका अस्पतालहरूमा उपचार सेवा सुधार गर्न प्राथमिकता दिइने बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ