२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एडीबीले नेपाललाई १ खर्ब ५ अर्ब ६१ करोड सहयोग उपलब्ध गराउने

images

  • २०८१ पुस ५, शुक्रबार
  • 1.6K
    SHARES
  • एडीबीले नेपाललाई १ खर्ब ५ अर्ब ६१ करोड सहयोग उपलब्ध गराउने

    काठमाडौँ : एसियाली विकास बैंक (एडीबी)ले नेपालका तीन मुख्य परियोजना कार्यान्वयनका लागि १ खर्ब ५ अर्ब ६१ करोड सहयोग उपलब्ध गराउने भएको छ। यसमध्ये ६ अर्ब ५२ करोड अनुदान र बाँकी सहुलियतपूर्ण ऋणको रुपमा रहनेछ।

    सहयोग रकम दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना र समावेशी विकास कार्यक्रम कार्यान्वयनमा प्रयोग गरिनेछ।

    अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका दौरान, अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाबीच ऋण तथा अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

    सम्झौतापछि सचिव घिमिरेले नेपालमा सामाजिक र आर्थिक विकासमा एडीबीको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। निर्देशक कोश्वाले नेपालमा कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी र सहरी पूर्वाधार निर्माणमा एडीबीले महत्वपूर्ण योगदान दिएको बताए।

    यो सहयोगले नेपालमा आधारभूत पूर्वाधार सुदृढ गर्न र समावेशी आर्थिक विकासलाई प्रोत्साहन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ