२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

शिव शंकर हाईड्रोले २५ करोडको आइपीओ जारी गर्दै

images

  • २०८१ पुस ५, शुक्रबार
  • 1.6K
    SHARES
  • शिव शंकर हाईड्रोले २५ करोडको आइपीओ जारी गर्दै

    काठमाडौं : शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले २५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

    कम्पनीले १ सय रुपैयाँ अंकित दरका २५ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो, जसबाट कुल २५ करोड रुपैयाँ संकलन गरिनेछ।

    यस सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन्।

    आइपीओ निष्कासन पश्चात शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ