२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता कार्कीलाई लुयानको इलेक्ट्रिक स्कुटर पुरस्कार

images

  • २०८१ पुस ४, बिहीबार
  • 1.8K
    SHARES
  • मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता कार्कीलाई लुयानको इलेक्ट्रिक स्कुटर पुरस्कार

    काठमाडौं : हालै सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२४ की विजेता डा. डेनिला कार्कीलाई लुयान नेपालको इलेक्ट्रिक स्कुटर उपहारस्वरूप प्रदान गरिएको छ। गत शनिबार काठमाडौंमा आयोजित पुरस्कार वितरण तथा सफलताको उत्सव कार्यक्रममा यो स्कुटर हस्तान्तरण गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि माइती नेपालकी संस्थापक तथा चर्चित समाजसेवी अनुराधा कोइराला, लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र आयोजक रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झाले संयुक्त रूपमा स्कुटर हस्तान्तरण गरेका थिए।

    संक्षिप्त मन्तव्यका क्रममा डा. कार्कीले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, "म पहिलेदेखि नै विद्युतीय सवारी साधन चलाउने सोचमा थिएँ। यसअघि लुयान नेपालकै इभी र्‍यालीमा टेष्ट राइड गर्दा मलाई यो सवारी निकै सहज र रमाइलो लागेको थियो। न त वातावरणलाई असर पुर्‍याउँछ, न त अनावश्यक आवाज आउँछ। यो स्कुटर चलाउँदा निकै स्मुथ अनुभव हुने भएकाले म उत्साहित छु।"

    सो अवसरमा अन्य टाइटल विजेता र सहभागीहरूलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो।
    रिबन इन्टरटेनमेन्टले हरेक वर्ष मिसेस नेपाल वर्ल्ड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। यस वर्षको विजेता डा. डेनिला कार्की अब अमेरिकामा हुने मिसेस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ