२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बोटलर्स नेपाल (तराई) ले साधारण सभा र लाभांश वितरणको बुक क्लोज मिति घोषणा

images

  • २०८१ पुस २, मंगलबार
  • 1.6K
    SHARES
  • बोटलर्स नेपाल (तराई) ले साधारण सभा र लाभांश वितरणको बुक क्लोज मिति घोषणा

    काठमाडौं : बोटलर्स नेपाल (तराई) लिमिटेडले आगामी पुस २६ गते साधारण सभा बोलाएको छ। सभा काठमाडौंको होटल र्याडिसन, लाजिम्पाटमा दिउँसो १२ बजे सुरु हुने बताइएको छ।

    कम्पनीले आर्थिक वर्ष २०८०/८१ का सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान, नगद प्रवाह विवरणलगायतका विषयमा छलफल गरिनेछ।

    त्यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभामा प्रस्तुत गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १८ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ