२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

२.९५ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

images

  • २०८१ पुस २, मंगलबार
  • 1.1K
    SHARES
  • २.९५ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ३४ करोडको कारोबार

    काठमाडौँ : आज साताको दोस्रो कारोबार दिन नेप्से २.९५ अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २.९५ अंक बढेर २,६३३.८७ विन्दुमा पुगेको छ। जसमा सेन्सेटिभ इण्डेक्स ०.३७ अंक, फ्लोट इण्डेक्स ०.१८ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ।

    आज कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ९३ करोडको शेयर कारोबार भएको बजारमा आज २ सय ४४ कम्पनीको ५३ हजार ९ सय ५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८९ लाख ३९ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ, भने ५ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका २ सय ४४ कम्पनीमध्ये  १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ, भने १ सय १७ कम्पनीको सेयर मूल्य घट्नुको साथै १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.४४ प्रतिशतले घटेको छ, भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४८ प्रतिशतले घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ