२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल पे इन्स्ट्यान्टमार्फत अब निःशुल्क फण्ड ट्रान्सफर सुविधा

images

  • २०८१ पुस २, मंगलबार
  • 1.0K
    SHARES
  • नेपाल पे इन्स्ट्यान्टमार्फत अब निःशुल्क फण्ड ट्रान्सफर सुविधा

    काठमाडौं : डिजिटल भुक्तानी पूर्वाधारको स्थापनामा सक्रिय एनसीएचएलले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा नेपाल पे इन्स्ट्यान्ट फन्ड ट्रान्सफर सेवा निःशुल्क उपलब्ध गराएको छ।

    अब पुस १६ गतेसम्मका लागि नेपाल पे इन्स्ट्यान्टको माध्यमबाट ३१ बैंक तथा वित्तीय संस्थाहरुमा फण्ड ट्रान्सफर गर्दा कुनै शुल्क लाग्ने छैन। यस सेवाको लाभ बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरू र कनेक्ट आइपीएस प्रयोगकर्ताहरूले लिन सक्नेछन्।

    नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सी आधारित डाइरेक्ट क्रेडिट उपकरण हो, जसले लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस प्रयोग गरेर सहज र छिटो फण्ड ट्रान्सफर गर्न सक्षम बनाउँछ।

    हाल यो सेवा कनेक्ट आइपीएससहित कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक र साग्रिला विकास बैंकका मोबाइल बैंकिङ एपहरूमा उपलब्ध छ।

    एनसीएचएलको यो पहलले डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने विश्वास लिइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ