काठमाडौं : एसीसी अन्डर–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दै छ। एक खेल बाँकी छँदै सुपर फोरमा स्थान बनाएका नेपाल र भारत आमनेसामने हुन लागेका हुन्।
खेल मलेसियाको वायुमास ओभलमा बिहान ११:४५ बजे सुरु हुनेछ। सोमबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर–१९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको थियो।
नेपालको जितमा कप्तान पूजा महतोले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरिन्। यो जितसँगै नेपाली युवा टोलीले पाकिस्तानलाई पहिलो भेटमै स्तब्ध पारेको थियो।
पाकिस्तान भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो।



