काठमाडौं : सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन्।
मंसिर २५ गते सम्पन्न बैंकको सञ्चालक समितिको ४ सय ४४ औं बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो।
देवकोटाको कार्यकाल पुष १ गतेबाट सुरु हुनेछ। यसअघि उनी नबिल स्टक डिलरमा सीईओको रूपमा कार्यरत थिए।



