काठमाडौं: प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै शेयर बिक्री खुला गरेको हो।
बैंकले बिक्रीमा राखिएको कूल शेयर संख्या, प्रतिशेयर मूल्य लगायतका विस्तृत विवरण सार्वजनिक गरेको छैन। यद्यपि कुन-कुन संस्थापकले कति शेयर बिक्रीमा राखेका छन् भन्ने विवरणका लागि बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट पर्याप्त माग नआएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।



