२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, वार्षिक साधारणसभा पुस २८ मा

images

  • २०८१ मंसिर २४, सोमबार
  • 1.6K
    SHARES
  • हिमालयन डिस्टिलरीको लाभांश घोषणा, वार्षिक साधारणसभा पुस २८ मा

    काठमाडौं : हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनीको सञ्चालक समितिको मंसिर २३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसमध्ये १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।

    लाभांश अनुमोदनका लागि कम्पनीले आफ्नो २४ औँ वार्षिक साधारणसभा आउँदो पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पर्सा जिल्लाको वीरगन्ज–२१, लिपनिविर्तास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजे सुरु हुनेछ।

    साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्र शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ। साथै साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

    त्यसैले पुस १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्ने र साधारणसभामा भाग लिन योग्य हुनेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ