काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले ग्राहकका लागि फाइनान्स प्रकृया अझ सरल बनाउँदै नागरिकता मात्रको आधारमा मोटरसाइकल किन्न सकिने नयाँ योजना सार्वजनिक गरेको छ।
यस योजनाले मोटरसाइकल खरिदका लागि झन्झटिलो कागजी प्रक्रियालाई हटाएर ग्राहकलाई सहज अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।
अब ग्राहकले घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोत प्रमाणपत्रजस्ता कागजात बुझाउनुपर्ने झन्झटलाई छोडेर नागरिकता मात्र पेश गरी मोटरसाइकल फाइनान्समार्फत खरीद गर्न सक्नेछन्।
फाइनान्स सेवा अन्तर्गत ग्राहकले १ घण्टा भित्रै लोन स्वीकृत गराएर ९.९९% को सुलभ ब्याजदरमा मोटरसाइकल किस्ताबन्दीमा प्राप्त गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार यो स्कीम बजाजका देशभर रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने छ।
यस योजनाले बजाज मोटरसाइकल खरिदलाई झनै सरल र ग्राहकमुखी बनाउने अपेक्षा गरिएको छ।



