काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शनिबार) दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान ९:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। लिगमा लुम्बिनीले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ। पहिलो खेलमा विराटनगर किङ्ग्ससँग २ विकेटले र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।
दोस्रो तर्फ, सुदूरपश्चिम रोयल्सले यसअघिका दुवै खेल जितेर राम्रो लयमा छ। रोयल्सले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो।
त्यस्तै, आजको दोस्रो खेल दिउँसो १:१५ बजे सुरू हुनेछ, जसमा कर्णाली याक्स र विराटनगर किङ्ग्स आमनेसामने हुनेछन्। कर्णालीले अहिलेसम्म तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ भने विराटनगरले पनि तीन खेल खेल्दै एकमा जित र दुईमा हारको नतिजा पाएको छ।



