२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चार महिनामा ५ अर्बको बीमा पोलिसी सरेण्डर : एलआइसी नेपालबाट सबैभन्दा धेरै

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 2.2K
    SHARES
  • चार महिनामा ५ अर्बको बीमा पोलिसी सरेण्डर : एलआइसी  नेपालबाट सबैभन्दा धेरै

    काठमाडौँ : नेपालमा जीवन बीमा पोलिसी सरेण्डर गर्ने बीमितहरूको संख्या बढ्दै गएको छ। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म करिब पाँच अर्ब रुपैयाँ बराबरका पोलिसी सरेण्डर भएका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमार्फत ३५ हजारभन्दा बढी बीमितहरूले पोलिसी सरेण्डर गरेका हुन्।

    सबैभन्दा धेरै सरेण्डर एलआइसी नेपाल : चार महिनाको अवधिमा एलआइसी नेपालबाट सबैभन्दा धेरै १० हजार ४८ पोलिसी सरेण्डर भएका छन्। यसबाट कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बराबरको पोलिसी सरेण्डर गर्नुपरेको छ।

    त्यसपछि नेपाल लाइफ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। जहाँ ८ हजार ४ सय ८ पोलिसी सरेण्डर गरिँदा १ अर्ब ३७ करोड रुपैयाँ बराबरको रकम फिर्ता गरिएको छ।

    बीमा कम्पनी

    पोलिसी सरेण्डर संख्या

    सरेण्डर रकम (रुपैयाँ)

    एलआइसी नेपाल

    १०,०४८

    १ अर्ब ५७ करोड

    नेपाल लाइफ इन्स्योरेन्स

    ८,४०८

    १ अर्ब ३७ करोड

    राष्ट्रिय जीवन बीमा कम्पनी

    ३,८७५

    ३७ करोड ४१ लाख

    नेशनल लाइफ इन्स्योरेन्स

    १,९७९

    २९ करोड ३१ लाख

    एशियन लाइफ इन्स्योरेन्स

    २,६२३

    २७ करोड ९६ लाख

    सूर्यज्योति लाइफ इन्स्योरेन्स

    १,९१०

    २३ करोड ११ लाख

    हिमालयन लाइफ

    २,४९८

    २२ करोड ७४ लाख

    मेट लाइफ

    १,२४५

    १३ करोड ५३ लाख

    सानिमा रिलायन्स

    ६६३

    ९ करोड ३१ लाख

    आइएमई लाइफ

    ५८७

    ६ करोड ५२ लाख

    सिटिजन लाइफ

    ९०३

    ६ करोड ५४ लाख

    प्रभु महालक्ष्मी लाइफ

    ४३२

    ५ करोड ४९ लाख

    रिलायबल नेपाल

    ५८२

    ३ करोड ६३ लाख

    सन नेपाल

    २३२

    २ करोड २९ लाख

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ