काठमाडौँ : सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले पुस २३ गते सभा आयोजना गर्ने निर्णय गरेको छ।
साधारणसभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसर्थ पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र मताधिकार प्रयोग गर्न पाउनेछन्।
यस वार्षिक सभामा समान उद्देश्य भएका उपयुक्त कम्पनीसँग मर्जरमा जाने प्रस्तावलाई छलफलका लागि पेश गरिनेछ। तर यो सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव नरहेको स्पष्ट गरिएको छ।



