काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछ। जसमा पहिलो खेल कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ भने दोस्रो खेल पोखरा एभेन्सजर्स र लुम्बिनी लायन्स भिड्दै छन् ।
कर्णाली याक्स र चितवन राइनोज : आज पहिलो खेल कर्णाली र चितवनबीच विहान सवा ९ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। कर्णाली सोमपाल कामी तथा चितवन कुशल मल्लको कप्तानीमा खेल्दैछ। कर्णाली पहिलो जितको खोजिमा भने चितवनले लगातार दुई खेल जितको छ।
पोखरा एभेन्सजर्स र लुम्बिनी लायन्स : आजको दोस्रो खेल भने पोखरा एभेन्सजर्स र लुम्बिनी लायन्सबीच दिउँसो सवा १ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। पोखरा कुशल भुर्तेल तथा लुम्बिनी रोहित पौडेलको कप्तानीमा खेल्दैछ। यसअघि, पोखराले आफ्नो दुई खेलमा पराजित भाएको थियो भने लुम्बिनी पनि एक खेलमा पराजित भाएको थियो। दुवै टोलि आफ्नो पहिलो जितको खोजीमा हुनेछन्।



