२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विन नेपाल लघुवित्तका सेयरधनीलाई यसपालि लाभांश नदिने

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.5K
    SHARES
  • विन नेपाल लघुवित्तका सेयरधनीलाई यसपालि लाभांश नदिने

    काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

    कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफा-नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गरी त्यसलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको जानकारी दिएको छ।

    यस निर्णयसँगै सेयरधनीहरूले यस वर्ष कम्पनीबाट कुनै पनि नगद वा बोनस लाभांश पाउने सम्भावना टरेको छ। कम्पनीले वित्तीय अवस्थामा सुधार गर्न र आगामी दिनमा थप स्थिरता ल्याउन यस्तो कदम चालेको हुन सक्ने विश्लेषण गरिएको छ।

    download.png

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ