२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रामेछापको सुन्तलालाई बजार अभाव, किसानलाई घाटा

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.2K
    SHARES
  • रामेछापको सुन्तलालाई बजार अभाव, किसानलाई घाटा

    काठमाडौँ : रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा उत्पादन भएको सुन्तलाले बजार व्यवस्थापन नपाउँदा किसानहरू सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। जिल्लामा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा सुन्तलाको खेती गरिएको छ। तर बजार अभावका कारण किसानहरू उचित मूल्यबाट वञ्चित भइरहेका छन्।

    स्थानीय कृषक तुलबहादुर तामाङले करिब ५० रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनले गत वर्षदेखि राम्रो उत्पादन गर्न सफल भए पनि बजार व्यवस्थापनको अभावमा न्यून मूल्यमा बेच्नुपरेको बताए।

    अर्का कृषक भरत वाइबाका अनुसार, उनले करिब दुई हजार बोट सुन्तला लगाएका छन्। तर यस वर्ष उत्पादन राम्रो हुँदा पनि प्रतिकेजी ७५–८० रूपैयाँमै बेच्न बाध्य भएको उनको गुनासो छ।

    "विगतका वर्षमा बगैँचाबाटै प्रतिकेजी १ सय रूपैयाँमा सुन्तला बिक्री हुन्थ्यो। तर अहिले बजार अभावले लागतअनुसार मूल्य पाउन कठिन छ।" वाइबाले बताए।

    व्यवसायिक खेती, तर उचित मूल्यको अभाव
    मन्थली नगरपालिका–१४ फुलासीमा प्रायः प्रत्येक घरमा सुन्तलाका बगैँचा छन्। यहाँका सुन्तला उत्पादनले जो कोहीलाई लोभ्याए पनि उचित बजार व्यवस्थापन नहुँदा किसानहरू मारमा परेका छन्।

    यस वडाबाट यस वर्ष करिब दुई करोड रूपैयाँ बराबरको सुन्तला बिक्री गर्ने लक्ष्य राखिएको थियो। तर, मूल्य निर्धारण र बजार व्यवस्थापनको अभावले किसानहरूले लागतअनुसार प्रतिफल पाउन सकेका छैनन्।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा रोग तथा कीटाणुनाशक औषधि र भिटामिन छर्न सहयोग गरे पनि बजारीकरणका लागि ठोस कदम चालिएको छैन।

    स्थानीय कृषकहरूले भने "हामी वर्षभरि मेहनत गरेर उत्पादन गर्छौँ। प्रतिफल राम्रै भए पनि उचित बजार नपाउँदा लागत पनि उठ्दैन। सरकारले यस्तो अवस्थामा सहयोग गरेन भने व्यवसायिक खेतीलाई निरन्तरता दिन कठिन हुन्छ।"

    स्थानीय तह र निकायको भूमिकामा प्रश्न
    किसानहरूले स्थानीय तह र अन्य सम्बद्ध निकायहरूलाई बजार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका छन्। बजार अभावकै कारण उत्पादन भएका सुन्तलाहरू न्यून मूल्यमा बेच्नुपर्ने बाध्यताले कृषि पेशामा कृषकहरूको रुचि घट्ने जोखिम रहेको छ।

    सरकारले कृषकहरूको समस्या समाधान गर्दै उत्पादनअनुसारको उचित मूल्य निर्धारण गर्न तथा बजारीकरणका लागि पहल गर्नुपर्ने किसानहरूको माग छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ