काठमाडौँ : होन्डाले आफ्नो नयाँ कम्प्याक्ट सेडान अल न्यू होन्डा अमेज लन्च गरेको छ, जसको शुरुवाती मुल्य ८ लाख भारु तोकिएको छ। यो कार केवल पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ। नयाँ अमेजको टप भेरिएन्टको मूल्य १० लाख ९० हजार भारु रहनेछ। यसमा तीन भेरिएन्ट - वी, भीएक्स र जेडएक्स उपलब्ध छन्।
नयाँ होन्डा अमेजको डिजाइनलाई होन्डा सिटी र एलिभेटसँग तुलना गर्दा यसमा अधिक बोल्ड र प्रिमियम लुक देखिन्छ। यसको फ्रन्टमा ठुलो ग्रिल र स्लिम एलईडी हेडलाइट्स रहेका छन्, जुन डीआरएलसँग सुसज्जित छन्।
ग्रिल माथि कनेक्टेड क्रोम स्ट्रिप र अपग्रेड गरिएको क्लैमशेल बोनट थपिएको छ। पछाडि एलईडी टेललाइट्स र नयाँ डिजाइन गरिएको बम्पर उपलब्ध छन्। साथै शार्क फिन एन्टेना, रिभर्स क्यामेरा र नयाँ अलोय ह्वील जस्ता नयाँ फिचर पनि छन्।
यस कारमा ८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ, जसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट पनि छ। क्याबिनमा ड्युअल टोन कलर स्किम र नयाँ अपहोल्स्ट्री दिइएको छ। यसमा अटोमेटिक एयर कन्डिसन, रियर एसी भेन्ट र वायरलेस फोन चार्जर जस्ता प्रिमियम सुविधाहरु उपलब्ध छन्। टप भेरिएन्टमा सिंगल-पेन सनरुफ पनि उपलब्ध गराइएको छ।
सुरक्षाको दृष्टिकोणबाट नयाँ अमेजमा ६ एयरब्याग, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, लेन–किपिङ असिस्ट, एडाप्टिभ क्रुज कन्ट्रोल र अटोनोमस इमरजेन्सी ब्रेकिङ जस्ता अत्याधुनिक सुविधाहरु छन्। साथै ईबीडी सहितको एबीएस, हिल–होल्ड असिस्ट र रिभर्स क्यामेरासहित पार्किङ सेन्सर पनि उपलब्ध छन्।
इन्जिनको दृष्टिकोणले, नयाँ होन्डा अमेजमा १.२ लिटर पेट्रोल इन्जिन राखिएको छ, जसले ९० एचपी पावर र १ सय १० एनएम टर्क उत्पन्न गर्छ। यो इन्जिन ५ स्पीड म्यानुअल गियरबक्ससँग जोडीएको छ।
यसरी नयाँ होन्डा अमेजले उन्नत सुविधाहरु, प्रिमियम डिजाइन र उत्कृष्ट सुरक्षा विशेषताहरुको साथ आफ्नो स्थान बजारमा सुदृढ गर्ने छ।



