काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। प्रोटेस्टसम्बन्धी स्वास्थ्य समस्याका कारण उनलाई आज अस्पतालमा भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार शल्यक्रियाका लागि आवश्यक सबै पूर्वतयारी पूरा गरी निर्धारित योजना अनुसार शल्यक्रिया प्रक्रिया सुरु गरिएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था र उपचारको विषयमा थप जानकारी समयअनुसार सार्वजनिक गरिने अस्पतालले जनाएको छ।



