काठमाडौँ : आज नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई खेल हुँदैछ। जसमा पहिलो खेल कर्णाली याक्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुदैछ भने आज हुने दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् ।
कर्णाली याक्स र काठमाडौँ गुर्खाज : आज पहिलो खेल कर्णाली र काठमाडौँबीच विहान सवा ९ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। कर्णाली सोमपाल कामी तथा काठमाडौँ कारण केसीको कप्तानीमा खेल्दैछ । पहिलो खेलमा कर्णाली जनकपुरसँग ८ विकेटले पराजित भाएको थियो भने काठमाडौँ पनि चितवनसँग ८ विकेटले पराजित भाएको थियो। दुवै टिम आफ्नो पहिलो जितको खोजीमा हुनेछ।
विराटनगर किंग्स र लुम्बिनी लायन्स : आज हुने दोस्रो खेल भने विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच दिउँसो सवा १ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। विराटनगर सन्दीप लामिछाने तथा लुम्बिनी रोहित पौडेलको कप्तानीमा खेल्दैछ। यसअघि, विराटनगरले आफ्नो दुई खेलमा पराजित भाएको थियो भने आज पहिलो जितको खोजीमा हुनेछ साथै लुम्बिनी उत्कृष्ट शुरुवातको तयारी चाहन्छ।
हिजो भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराउँदै सानदार विजयी सुरुवात गरेको थियो भने दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको थियो ।



