२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सर्वसाधारणका लागि सुवर्ण अवसर: होटल सब्रिनाको १५ करोडको आइपीओ प्रस्ताव स्वीकृत

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 3.0K
    SHARES
  • सर्वसाधारणका लागि सुवर्ण अवसर: होटल सब्रिनाको १५ करोडको आइपीओ प्रस्ताव स्वीकृत

    काठमाडौँ। होटल सब्रिना लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) जारी गर्ने तयारी थालेको छ। कम्पनीको छैटौं वार्षिक साधारणसभाले यस प्रस्तावलाई स्वीकृति दिएको छ।

    कम्पनीको अधिकृत पूँजी ९० करोड, जारी पूँजी ५३ करोड र चुक्तापूँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ। साधारणसभाले सर्वसाधारणका लागि १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने निर्णय गरेको हो।

    यस प्रक्रियालाई व्यवस्थित गर्न कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ। विक्री प्रबन्धकको नियुक्ति गत आर्थिक वर्षको असार महिनामा भएको हो।

    होटल सब्रिनाले यो आइपीओमार्फत थप पूँजी जुटाएर आफ्नो सेवालाई विस्तार र गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ