२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल प्रिमियर लिग

एनपिएलमा आज सुदूरपश्चिम भर्सेस विराटनगर तथा चितवन भर्सेस पोखरा

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 2.5K
    SHARES
  • एनपिएलमा आज सुदूरपश्चिम भर्सेस विराटनगर तथा चितवन भर्सेस पोखरा

    काठमाडौँ : आज नेपाल प्रिमियर लिग (एनपीएल) मा दुई खेल हुँदैछ। जसमा पहिलो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुदैछ भने आज हुने दोस्रो खेल पोखरा एभेन्जर्स र चितवन राइनोज भिड्दै छन् ।

    विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्स : आज पहिलो खेल विराटनगरर सुदूरपश्चिम बीच विहान सवा ९ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। दुवै टोलीको नेतृत्वमा राष्ट्रिय टोलीका उत्कृष्ट अलराउण्डर रहेका छन्। विराटनगर सन्दीप लामिछाने तथा सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा  खेल्दैछ । पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भाएको थियो। पहिलो खेलमा पराजित भएको विराटनगर जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम पनि उत्कृष्ट शुरुवातको तयारी चाहन्छ। 

    पोखरा एभेन्जर्स र चितवन राइनोज : आज हुने दोस्रो खेल भने पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दिउँसो सवा १ बजेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।  पोखराको कप्तानमा कुशल भुर्तेल तथा चितवनको कप्तानमा कुशल मल्ल छन्। चितवन दोस्रो जितको खोजिमा हुनेछ भने पोखरा उत्कृष्ट शुरुवातको तयारी चाहन्छ। 

    हिजो भएको पहिलो खेलमा चितवनले काठमाडौँलाई ५ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको थियो भने दोस्रो खेलमा जनकपुरले कर्णालीलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जित हासिल गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ