२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सीमित स्रोतभित्र अधिकतम सेवा दिने प्रयास गरौँः स्वास्थ्यमन्त्री पौडेल

images

  • २०८१ मंसिर १३, बिहीबार
  • 1.2K
    SHARES
  • सीमित स्रोतभित्र अधिकतम सेवा दिने प्रयास गरौँः स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोतलाई अधिकतम उपयोग गरी जनतामुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उनले अपुग स्रोतका कारण केही महत्वपूर्ण कार्यक्रम कार्यान्वयन गर्न नसकिएको बताए।

    मन्त्री पौडेलले भने "राज्यले छुट्याएको बजेटभित्र रहेर प्रभावकारी सेवा दिन सक्ने कार्ययोजना बनाउनु अत्यावश्यक छ। भएका बजेट पनि कार्ययोजना र व्यवस्थापनको कमीका कारण सदुपयोग हुन सकेका छैनन्।"

    उनले अस्पतालहरूमा सरसफाइ, शुल्क पारदर्शिता, स्वस्थ्यकर खाना र प्लास्टिकमुक्त वातावरण जस्ता विषयहरूमा विशेष ध्यान दिन आग्रह गरे। "सर्वसाधारणले अस्पतालमा भर गर्न सकून्, त्यसका लागि अस्पतालको वातावरण र सेवा गुणस्तरमा सुधार अनिवार्य छ।" उनले भने।

    बैठकमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। गत आर्थिक वर्षको समीक्षा र आगामी वर्षका प्राथमिकता निर्धारण गर्न आयोजित यो बैठक शुक्रबारसम्म सञ्चालन हुनेछ।

    मन्त्री पौडेलले स्रोत अभावका बीच पनि जनतालाई प्राथमिकतामा राखेर कार्य गर्न सबै निकायहरूलाई आह्वान गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ