२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

खाना खाएपछि गर्न नहुने कामहरू: तपाईंको स्वास्थ्यका लागि महत्त्वपूर्ण सुझाव,

images

  • २०८१ मंसिर १०, सोमबार
  • 1.5K
    SHARES
  • खाना खाएपछि गर्न नहुने कामहरू: तपाईंको स्वास्थ्यका लागि महत्त्वपूर्ण सुझाव,

    काठमाडौँ : खाना हाम्रो जीवनका लागि अत्यावश्यक तत्त्व हो। जसले शरीरलाई ऊर्जा र स्वास्थ्य प्रदान गर्छ। सन्तुलित आहारले शरीरलाई तन्दुरुस्त राख्छ भने अनुशासित जीवनशैलीले यसलाई अझ प्रभावकारी बनाउँछ। तर खाना खाएपछि केही गलत बानीले स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ। त्यसैले खाना खाएपछि निम्न काम गर्नबाट टाढा रहनुहोस्।

    १. खाना खाए लगत्तै नसुत्नुस्

    यदि तपाईं खाना खाएपछि सुत्ने बानी गर्नुहुन्छ भने, आजैबाट यो बानी त्याग्नुहोस्, किनभने यो तपाईंको स्वास्थ्यका लागि अत्यन्त हानिकारक साबित हुन सक्छ। खाना खाएपछि तुरुन्त सुत्दा पाचन प्रक्रिया राम्रोसँग हुन पाउँदैन, जसले गर्दा मोटोपना, ग्यास्ट्रिक, र पेटको विभिन्न समस्याहरू बढ्न सक्छन्। यो बानीले तपाईंको समग्र स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ।

    २. धुम्रपान नगर्नुहोस्

    धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सबैलाई थाहा छ। तर खाना खाएपछि धुम्रपान गर्दा यसको हानि झन् धेरै हुन्छ। यसले पाचन प्रक्रियामा बाधा पुर्‍याउनुका साथै क्यान्सरजस्ता गम्भीर रोगको सम्भावना धेरै गुणा बढाउँछ।

    ३. खाना खाएपछि फलफूल नखानुहोस्

    खाना खाएलगत्तै फलफूल खाँदा शरीरको पाचन प्रक्रियामा असर गर्छ। यसले पेट फुल्ने, ग्यास्ट्रिक समस्या र अपचजस्ता समस्या निम्त्याउन सक्छ। फलफूल खाने सही समय खाना खानुअघि वा २-३ घण्टापछि हो।

    ४. चिया वा कफी नपिउनुहोस्

    खाना खाएपछि चिया वा कफी पिउने बानी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यस्ता पेय पदार्थले पाचन प्रक्रियामा बाधा पुर्‍याउने मात्र होइन, शरीरको पोषकतत्व अवशोषण प्रक्रियामा पनि नकारात्मक प्रभाव पार्छ।

    ५. खाना खाएपछि तुरुन्त ननुहाउनुस्

    खाना खाएलगत्तै नुहाउँदा शरीरको रक्तसंचार पेटबाट अन्य अंगतर्फ बढी जान्छ, जसले पाचन प्रक्रियालाई कमजोर बनाउँछ। त्यसैले खाना खानुअघि नुहाउनु राम्रो विकल्प हो।

    स्वस्थ जीवनका लागि सन्तुलित खानासँगै सही बानीको पालना अनिवार्य छ। यी सामान्य सावधानीले तपाईँको पाचन प्रक्रिया सुधार गर्न र दीर्घकालीन स्वास्थ्यलाई संरक्षण गर्न मद्दत गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ