काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) नेपालमा ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्।
भन्सार विभागका अनुसार यो अवधिमा ३ हजार ४ सय ८७ ईभी (कार, जिप र भ्यान) नेपाल भित्रिएका छन्, जसबाट सरकारले ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
ईभी क्षमताअनुसार आयात विवरण
- ५० किलोवाट क्षमताका: १ हजार ५० गाडी
- ५१-१०० किलोवाट क्षमताका: २ हजार १ सय १५ गाडी
- १०१-२०० किलोवाट क्षमताका: ३ सय १६ गाडी
- २०१-३०० किलोवाट क्षमताका: ४ गाडी
- ३०० किलोवाटभन्दा माथिका: २ गाडी
कात्तिक महिनामा मात्र आयात
कात्तिक महिनामा ९ सय ६९ कार, जिप र भ्यानसहित अन्य चारपांग्रे ईभी गरी १ हजार १ सय ८६ युनिट आयात भएको छ। यसअघि असोजसम्म ३ महिनाको अवधिमा २ हजार ५ सय १८ ईभी आयात भएका थिए।
देशअनुसार ईभी आयात
नेपालमा ईभी गाडीको उत्पादन नभएकाले विभिन्न देशहरूबाट आयात हुने गर्छ। भन्सार विभागका तथ्यांक अनुसार भारत र चीन ईभी आयातका प्रमुख स्रोत देश हुन्।
५० किलोवाट क्षमताका गाडी
- चीनबाट: ५ सय १३
- भारतबाट: ५ सय ३७
५१-१०० किलोवाट क्षमताका गाडी
- चीनबाट: १ हजार ६ सय ८७
- भारतबाट: ४ सय ३२
१०१-२०० किलोवाट क्षमताका गाडी
- चीनबाट: ३ सय १०
- जर्मनीबाट: ४
- अमेरिकाबाट: २
२०१-३०० किलोवाट क्षमताका गाडी
- चीनबाट: २
- जर्मनीबाट: २
३०० किलोवाटभन्दा माथिका गाडी
- चीनबाट: १
ईभीको वृद्धि र सरकारी प्राथमिकता
नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले स्वच्छ ऊर्जा र वातावरणीय संरक्षणमा सहयोग पुर्याइरहेको छ। सरकारले ईभीलाई प्राथमिकता दिंदै पूर्वाधार निर्माणमा जोड दिएपछि यी सवारीसाधनको आयात र प्रयोगमा उल्लेख्य वृद्धि भएको देखिन्छ।
सरकारले भविष्यमा विद्युतीय गाडीको आयातलाई अझ सहज बनाउन नीति र योजना तर्जुमा गर्नुपर्ने देखिन्छ।



