२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

संयुक्त लगानी कम्पनीमा १ हजार कित्ता भन्दा कम सेयर भर्न प्रतिबन्ध, सेबोनको नयाँ नियम।

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 1.9K
    SHARES
  • संयुक्त लगानी कम्पनीमा १ हजार कित्ता भन्दा कम सेयर भर्न प्रतिबन्ध, सेबोनको नयाँ नियम।

    काठमाडौं: नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गर्दै संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदका लागि नयाँ प्रावधान लागू गरेको छ।

    संशोधित निर्देशिकाअनुसार संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिद गर्न न्यूनतम एक हजार कित्ता र अधिकतम सोको गुणांकको दरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

    संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना हुने कम्पनीलाई जनाउँछ। सेबोनका प्रवक्ता नवराज अधिकारीका अनुसार अन्य कम्पनीका सेयरमा हालसम्मको व्यवस्था यथावतै रहनेछ। तर गैरआवासीय नेपालीले लगानी गरेका कम्पनीमा भने नयाँ प्रावधान लागू गरिएको छ।

    निर्देशिकामा उल्लेख भएअनुसार,

    • सेयर खरिदका लागि दरखास्त दिने बेला प्रति सेयर अङ्कित मूल्यको १०० प्रतिशत रकम तुरुन्त बुझाउनुपर्नेछ।
    • बाँडफाँड भइसकेपछि संयुक्त लगानी कम्पनीको सेयर एक वर्षसम्म खरिद बिक्री गर्न पाइने छैन।

    यसको अतिरिक्त, संस्थापक सेयरसम्बन्धी व्यवस्था भने नियमावलीको प्रावधानअनुसार हुनेछ।

    हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने अवस्थामा गैरआवासीय नेपालीबीच मात्र हस्तान्तरण गर्न सकिने प्रावधान निर्देशिकामा समावेश गरिएको छ। यदि हस्तान्तरणका बेला लकइन अवधि नसकिएको भए पनि उक्त सेयर लकइनमै रहने व्यवस्था गरिएको छ।

    नयाँ संशोधनले संयुक्त लगानी कम्पनीका सेयर खरिद तथा व्यवस्थापन प्रक्रियालाई थप स्पष्ट र पारदर्शी बनाउने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ