२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रभु केवलकारद्वारा आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

images

  • २०८१ मंसिर ३, सोमबार
  • 2.2K
    SHARES
  • प्रभु केवलकारद्वारा आइपीओ निष्कासन गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

    काठमाडौं : प्रभु ग्रुप एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच आइपीओ निष्काशनका लागि सम्झौता सम्पन्न भएको छ।

    यस सम्झौतासँगै, प्रभु केवलकारले रु. ३० करोडको आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाउने भएको छ।

    सम्झौतामा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा बीच हस्ताक्षर गरिएको हो।

    प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा तीनवटा केवलकार परियोजनाहरू अघि बढिरहेका छन्। ती मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोज महिनादेखि व्यावासिक रुपमा सञ्चालनमा आएको छ।

    यस परियोजनाबाट छोटो समयमा नै पचहत्तर भन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरूले यात्रा गरिसकेका छन्।

    सिद्धार्थ केवलकार परियोजना बुटवल स्थित फुलबारी पार्कको देउराली डाँडादेखि पाल्पाको नुवाकोटसम्म फैलिएको छ, जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत पुरातात्विक सम्पदा अवस्थित छन्।

    त्यस्तै, प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको लगानीमा आगामी दिनहरूमा सुदुर पश्चिम स्थित बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा केवलकार निर्माण गर्ने योजना रहेको छ।

    यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादन उद्योग र साहसिक पर्यटन क्षेत्रमा पनि लगानी गर्दै दोस्रो बजारमा मजबुत उपस्थिति जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ