२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

images

  • २०८१ मंसिर ३, सोमबार
  • 1.6K
    SHARES
  • प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव

    काठमाडौँ : गण्डकी प्रदेश सरकारले पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगजस्ता जटिल स्वास्थ्य समस्या समाधान गर्न विशिष्टीकृत अस्पताल निर्माणको प्रस्ताव प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेण्डामा समावेश गर्न माग गरेको छ।

    प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेश मन्त्रिपरिषद्को सिफारिससहित प्रस्ताव संघ सरकारका मुख्यसचिव एकनारायण अर्यालसमक्ष प्रस्तुत गरेका हुन्।

    स्रोतसाधन र बजेटको अभावका कारण अस्पताल निर्माणको काम थालनी गर्न नसकिएकाले चीन सरकारसँग सहकार्यमा भौतिक पूर्वाधार निर्माण, शय्या, औजार र उपकरणको सहयोगको अपेक्षा गरिएको छ।

    मन्त्री पाठकले गण्डकी प्रदेशको चीनसँगको भौगोलिक जोड र कोराला नाकामा अध्यागमन कार्यालय स्थापनाले द्विपक्षीय सहकार्य थप सहज हुने बताएका छन्। “यसले अनुसन्धान र विशेषज्ञतामा समेत दुवै देशलाई फाइदा पुर्‍याउँछ।” उनले भने।

    यस अस्पताल स्थापना भएपछि जटिल रोगहरूको उपचारमा गण्डकी प्रदेशवासीलाई गुणस्तरीय सेवा उपलब्ध हुनेछ। साथै, एयर एम्बुलेन्स र आपतकालीन उद्धार सेवासमेत उपलब्ध गराइने छ।

    अस्पतालले परम्परागत चिनियाँ चिकित्सा, आयुर्वेद र आधुनिक उपचार पद्धतिको समायोजनमार्फत नवीन सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

    जग्गा र बजेटको चुनौती

    जौवारी सिँचाइ विभागको २०० रोपनी जग्गा अस्पताल निर्माणका लागि उपलब्ध गराउन माग गरिएको छ। तर, बजेट अभाव र जग्गाको व्यवस्थापनमा चुनौती रहेकाले यसलाई कार्यान्वयनमा ल्याउन संघीय सरकारको सहयोग आवश्यक रहेको मन्त्री पाठकले बताए।

    समग्र स्वास्थ्य सुधारको योजना

    प्रदेश सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना मार्फत स्वास्थ्य क्षेत्रमा नीतिगत र संरचनागत सुधारमा काम सुरु गरेको छ।

    विशिष्टीकृत अस्पताल निर्माणले गण्डकी प्रदेशमा मात्र नभई देशभर स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ। यो प्रस्ताव चीन सरकारको सहकार्यमा अघि बढेमा, गण्डकीले स्वास्थ्य सेवा र द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ