काठमाडौँ : नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। आन्तरिक राजस्व विभागले आयोजित राष्ट्रिय कर दिवस २०७९/८० को अवसरमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान प्रदान गरिएको हो।
शनिबार आन्तरिक राजस्व विभागमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई सम्मानित गरे। बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान ग्रहण गरे।
नबिल बैंकले अहिलेसम्म आठ पटकसम्म सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको छ। यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ मा पनि यो सम्मान पाएको थियो।
विशेषगरी कर्पोरेट ट्याक्स उच्च मात्रामा बुझाएकाले नबिल बैंकले यो सम्मान प्राप्त गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूबीच कर तिर्ने मामिलामा नबिलको योगदान उल्लेखनीय रहेको छ।
नेपाल सरकारले २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यस अवसरमा धेरै कर बुझाउने संस्था र व्यक्तिहरूलाई सम्मान गरिन्छ। मूल्य अभिवृद्धि कर (VAT) लागू भएको दिनलाई स्मरण गर्दै यस दिनको महत्त्वलाई झनै बढाइएको छ।
नबिल बैंकको यस निरन्तर सफलताले बैंकको जिम्मेवारी र करप्रति उच्च प्रतिबद्धतालाई झल्काएको छ।



